Everest Online News, Trending News, Hot News, Nepali News, Recent News, Online khabar, Ekantipur, Everest News, Everest news online, Online news, kantipur news, online khabar.com, everest online news, News Website, News blog, Nepli news blog, Recent trending news, Online khabar, Online news tv, Nepali news, hindi news, English news, Everest online news blog, Everest Official website, Everest news online portal, Best news, Recent news online, Online news nepal, Nepal online news, News 24, News

CopyRight

Saturday, March 21, 2020

इटालीको कोरोना कथाः मानवीय गल्तीले निम्त्याएको विभीषिका Covid19 Corona Prevention

#StaySafeStayHome





इटालीका एकजना नागरिकले त्यहाँ कोरोना विभीषिका कसरी फैलियो र, नियन्त्रणभन्दा बाहिर गयो भन्नेबारे बुँदागत रूपमा व्याख्या गरेका छन्।
इटाली त चीनलाई उछिनेर यस महामारीको केन्द्रबिन्दु नै बनिसक्यो। लेखकको उद्देश्य इटालीजस्तो गल्ती अरु देशले नगरुन् भन्ने सन्देश प्रवाहित गर्नु रहेको छ।
 कुनै एक पक्षको लापरवाहीले जुनसुकै देशले इटाली वा महामारीले सन्त्रस्त अन्य देशझैं दुष्परिणाम भोग्नुपर्ने हुनसक्छ। सन्देश मार्मिक छ, कारुणिक छ र योभन्दा बढ़ी सबै देशका लागि सचेत र सजग हुने सुझाव सम्पन्न छ।
‘मलाई कोरोनाको कुनै भय छैन, मलाई कोरोनाले छुँदैन।’ यदि तपाई यस्तो मनस्थिति बोकेर हिँडिराख्नु भएको छ भने तपाईं अत्यन्त ठूलो भ्रममा हुनुहुन्छ।
तपाईं कोरोना भाइरसको घातकताबाट अहिले पनि निष्फिक्री हुनुहुन्छ भने मान्नुस् तपाई जीवनकै सबैभन्दा ठूलो गल्ती गर्दै हुनुहुन्छ। यसले तपाईंको जीवनलाई मात्रै होइन अन्य धेरै जनाको जीवनलाई खतराको मुहानसम्म पुर्‍याउन सक्छ।
यदि तपाई अहिले पनि निष्फिक्री साथ आफ्ना मित्रहरूसँग होटल रेस्टुराँ गइराख्नु भएको छ, पार्टी गरिराख्नु भएको छ। र, दम्भपूर्वक भनिराख्नु भएको छ-‘मलाई कोरोनाको कुनै भय छैन, मलाई कोरोनाले छुँदैन।’ यदि तपाई यस्तो मनस्थिति बोकेर हिँडिराख्नु भएको छ भने तपाईं अत्यन्त ठूलो भ्रममा हुनुहुन्छ। यसले तपाईंलाई मात्र होइन सम्पूर्ण समाज र देशलाई नै ठूलो जोखिममा पुर्‍याउन सक्छ। तसर्थ, सतर्क हुनुस्।
सम्पूर्ण विश्वले ध्यान दिन आवश्यक छ, आगामी दिनमा विश्व परिस्थिति अत्यन्त विकराल एवं जटिल हुन गइरहेको छ। सावधानीले मात्र तपाईंको सुरक्षा हुन्छ।
कोरोना कथा भाग-१
सारा विश्व नै जानकार भइसकेको छ कि, अहिले पूरा इटाली ‘क्वारेन्टाइन’मा छ, अर्थात् इटाली देश नै ‘लकडाउन’ अवस्थामा छ। इटालीको अवस्था अति नै गम्भीर बनेको छ। इटालीको अवस्था त गम्भीर र नराम्रो भई नै सक्यो, तर, दुःखका साथ भन्नु परिरहेको छ, आउने समयमा ती मुलुकको अवस्था योभन्दा पनि नराम्रो हुनसक्छ। जसले सोचिरहेका छन्, हाम्रो देशमा चीन, इरान र इटालीको जस्तो अवस्था आउँदैन। हामी इटालियनहरूले पनि पहिला यस्तै सोचेका थियौं, परिणाम विश्वसामु छर्लङ्ग नै छ।
हेरौं कसरी सुरु भयो इटालीमा कोरोनारूपी आपत्...
पहिलो चरण
तपाईंलाइ थाहा छ- कोरोना भाइरसको संक्रमण फैलिएको छ। तपाईको देशमा पनि यस संक्रमणले प्रवेश गरिसकेको छ। भर्खर मात्र सुरु भएकोले यसबाट त्यति साह्रो आत्तिनुपर्ने कुनै कारण छैन। यो संक्रमण भनेको एकप्रकारको रुघा-खोकी र ज्वरो हो। यसले वृद्धवृद्धालाई बढ़ी प्रभावित पार्छ। मेरो उमेर त बढ़ी होइन, म ७५ वर्षको बुढो होइन, यसैले मैले यसबाट डराउनुपर्ने कुनै कारण छैन।
प्रथम चरण अघि बढ्छ, तपाईंलाई लाग्छ, किन प्रत्येक मानिस मास्क, ट्वाइलेट पेपर र स्यानिटाइजरका लागि पागल भइरहेका छन्। त्यस्तो केही खतरा छैन। सबै कुरा ठीकठाक र आरामले नै चलिरहेका छन् र चलिरहन्छन्। अनि, स्थिति योभन्दा अघि बढ्छ।
दोस्रो चरण
विस्तारै देशमा सङ्क्रमण संख्या बढ्दै जान्छ। सरकारले एक-दुईवटा सहरमाथि प्रतिबन्ध लगाएको घोषणा गर्छ, त्यहाँबाट आवतजावत गर्न निषेध गरिन्छ। साथै सरकारले जनतालाई सूचित गरिरहेको हुन्छ, डराउनुपर्दैन स्थिति नियन्त्रणमै छ। २२ फेब्रुअरीसम्म इटालीको स्थिति पनि यस्तै थियो।
दोस्रो चरणले गति लिन्छ, कोरोना संक्रमणको चपेटामा परेको देशमा केही मानिसको मृत्यु हुन्छ। मर्नेहरू प्रायः बुढ़ाबुढी र दीर्घरोगी हुन्छन्। सबै खाले मिडियाले यससम्बन्धी समाचार प्रसारित गर्छन्। मिडियाको समाचारबाट हामी सचेत हुनुको सट्टा उल्टै समाजमा त्रास फैलाएको निष्कर्ष निकाल्छौ, हाम्रो धारणा हुन्छ मिडियाको यो कृत्य राम्रो काम होइन, मिडियाले ‘पेनिक’ फिँजाउने काम गरिरहेको छ।
यतिबेलासम्म हामीले आफ्नो दिनचर्यामा कुनै परिवर्तन ल्याउँदैनौ। पहिला जस्तै अझै पनि साथीभाइसँग भेटघाट गरिरहेका हुन्छौं। सामान्य हिसाबमै जीवनयापन गरिरहन्छौं। हामी इटालियनहरुको धारणा थियो, हामीलाई केही पनि नराम्रो हुँदैन। विपत्ति हाम्रो झन्झन् नजिक आउँदै गइरहेको थियो, हामीले यसको पूर्वाभास गर्न सकेनौं।
तेस्रो चरण
विस्तारै देशमा संक्रमित भएकाहरूको संख्या बढ्दै जान्छ। एकै दिनमा संक्रमित हुनेहरूको संख्या दोब्बर पुग्छ, मृत्यु संख्या पनि बढ्छ। स्थितिको मूल्यांकन गरेर सरकारले ती चारवटा ठूला क्षेत्रलाई प्रतिबन्धित गरेको घोषणा गर्छ जुन क्षेत्रमा संक्रमणको सबैभन्दा बढी प्रभाव देखिएको थियो। ७ मार्चका दिन इटालीमा यस्तै भएको थियो, इटालीका २५ प्रतिशत मानिसलाई घरमै बन्धक बनाइयो।
कोरोना कथा भाग २
देशका अन्य भूभागका स्कूल, कलेज, बार तथा रेष्टुरेण्ट बन्द गरिन्छ। तर, कार्यालय भने अझै खुलेकै हुन्छन्। मिडियाले सरकारी नियम निर्देशनलाई पहिला देखि नै प्रकाशन प्रसारण गरिरहेका थिए।
तेस्रो चरण अगाडि बढ्छ..
इटालियन सरकारले ‘क्वारेन्टाइन’मा राखेका झण्डै १० हजार मानिस एकै रातमा आफूखÞुसी निस्किएर आ-आफ्नो घर फर्किन्छन्। अझै पनि इटालीका झण्डै ७५ प्रतिशत मानिस आफ्नो दैनिक कामकाजमा व्यस्त भइरहेका हुन्छन्।
तेस्रो चरण वेगका साथ अगाडि बढ्छ-
इटालीका जनताले अझैसम्म यस भाइरसको विभीषिकाबारे बुझ्न सकेका छैनन्। सरकार तथा सबै मिडियाले इटालीका नागरिकलाई स्वस्थ रहन, पटकपटक हात धुन सम्झाइरहेका हुन्छन्। मानिसहरूलाई समूह तथा भिडभाडमा नजान परामर्श पनि दिइरहेका हुन्छन्। तर सरकार र सञ्चारमाध्यमले जति प्रयास गरे पनि सर्वसाधारण इटालियन नागरिकको मस्तिष्कमा यी कुराले छोएजस्तो लाग्दैन। इटालियनहरुको लापरवाहीले कोरोना विभीषिकारूपी दानवले झनै उग्ररूप लिएको छ।
चौथौं चरणमा प्रवेश
इटालियन सरकारले एक महिनाका लागि देशका सबै स्कूल, कलेज बन्द गर्ने घोषणा गर्छ। पूरै देशमा ‘नेशनल हेल्थ इमर्जेन्सी’ नै घोषित गरिन्छ। सबै अस्पताललाई खाली गराएर कोरोना भाइरसबाट संक्रमित हुनेहरुका लागि व्यवस्था गरिन्छ।
चौंथो चरण अगाडि बढ्छ-
अब इटालीमा डाक्टर र नर्सको अभाव हुन थाल्छ। देशका समस्त सेवानिवृत्त डाक्टरलाई पुनः काममा फर्काइन्छ। चिकित्साशास्त्र अध्ययन गरिरहेका दोस्रो वर्षका अधिकांश विद्यार्थीहरुलाई पनि उपचारको काममा खÞटाइन्छ। डाक्टर तथा नर्सले गर्ने कामको कुनै ‘सिफ्ट’ हुन्न, सबैले २४ सै घण्टा काम गर्नुपर्ने हुन्छ। विस्तारै डाक्टर र नर्सहरु नै संक्रमित हुन थाल्छन्, अनि उनीहरुमा भएको संक्रमण परिवारजनमा पुग्दछ।
चौंथो चरण अझै अगाडि बढ्छ-
देशमा अब निमोनियाका बिरामीको संख्यामा ह्वात्तै वृद्धि हुन्छ। थुप्रै विरामीलाई ‘आइसियु’को आवश्यकता पर्छ, तर सबैलाई ‘आइसियु’मा ठाउँ पुग्ने कुरै हुन्नँ। इटालीमा यस्तो स्थिति आइपुग्छ कि डाक्टरले ती व्यक्तिको उपचार मात्र गर्छन् जसको बाँच्ने अलि बढी सम्भावना हुन्छ। यसको सोझो अर्थ अब डाक्टरले बृद्ध र अन्य रोगीलाई उपचार नगरी कोरोना संक्रमितलाई मात्रै बचाउने प्रयास गरिरहेका हुन्छन्। इटालीका अस्पतालमा अब अन्य किसिमका रोगीका लागि उपचार हुने ठाउँ नै रहँदैन।
कोरोना कथा भाग ३
चौथो चरण द्रुत गतिले अगाडि बढ्छ। इटालीमा सयौं मानिस मरिरहेका छन्, किनकि देशका अस्पताल र अस्पतालका ‘आइसियु’ हाउसफुल छन्। बिरामीलाई उपचार गर्ने ठाँउ छैन। मेरा एक जना डाक्टर मित्रले मसँग फोनमा भने, ‘आइसियु’ खाली नभएकाले तीनजना बिरामीलाई उपचार गर्नुको सट्टा मर्न छाडिदिनुपर्ने बाध्यता झेल्नु पर्‍यो मैले। अस्पतालका नर्सहरु रोगीका लागि अक्सिजन दिनेबाहेक अरु कुनै उपचार गर्न नसकेकाले रोइरहेका छन्।’
मेरो एकजना साथीको आफन्त उपचार नपाएकाले मरे।
पाँचौं चरण
सम्झिनुस् ती मुर्खहरुलाई, सरकारले उनीहरुलाई सुरुवातमै ‘क्वारेन्टाइन’मा राखेको थियो। तिनीहरु ‘क्वारेन्टाइन’ बाट भागेर घर गए, तिनै भगौड़ाहरुले गर्दा ९ मार्चका दिन सम्पूर्ण इटाली नै ‘क्वारेन्टाइन’ बन्न पुग्यो।
अब इटाली सरकारको एक मात्र उद्देश्य यस संक्रमणलाई अरु धेरै फैलिन नदिन केन्द्रित छ।
मानिसलाई अवस्था हेरी काममा जान दिइएको छ। जरुरी सामान किन्न दिइएको छ, व्यापार खोलिएको छ। यसो नगरेमा पूरै अर्थतन्त्र नै ध्वस्त हुनपुग्छ। तर अझै पनि तपाईं आफ्नो ठाउँबाट बिनाकारण बाहिर जान पाउनुहुन्न।
तर हरे मानिसको बुद्धि विवेक ! केही मानिसलाई अझै पनि लाग्छ, उनीहरुलाई केही पनि हुन्न। उनीहरु अझै पनि साथीसँग बाहिर घुमिरहेका छन्। समूहमा हिंडिरहेका छन्। रक्सी खाएर रमाइरहेका छन्।
अब आउँछ छैठौं चरण
दुई दिन पहिला सरकारले सबै व्यापारिक प्रतिष्ठान, सपिङ मल, रेष्टुरेण्ट तथा सबै पसल बन्द गर्ने निर्णय गर्‍यो। अब सुपरमार्केट र औषधि पसल मात्र खुला रहने घोषणा गरिएको छ।
अब तपाईं आफ्नो स्थानबाट त्यस अवस्थामा मात्र बाहिर जान सक्नुहुन्छ जब तपाईसँग बाहिर जानका लागि उचित तथा ठूलो कारण हुन्छ। यसका लागि तपाईले स्थानीय प्रशासनबाट अनुमतिपत्र लिनुपर्ने हुन्छ। यस अनुमतिपत्रमा तपाईंको सम्पूर्ण जानकारी लेखिएको हुन्छ। तपाईको नाम, ठेगानालगायत सबै जानकारी राखिन्छ।ठाउँ ठाउँमा प्रहरीको ‘चेकिङ प्वान्ट’ बनाइएका छन्। घरबाहिर निस्कने जुनसुकै मानिसलाइ त्यहाँ सोधपुछ गरिन्छ।
अहिले इटालीमा घरबाहिर कोही मानिस पक्राउ परेको खण्डमा उसलाई २ सय ६ युरोको जरिवाना लगाइन्छ। र, यदि ऊ कोरोना संक्रमित छ भने एक वर्षदेखि १२ वर्षको जेल सजाय हुनसक्ने प्रावधान बनाइएको छ।
आखिरी सन्देश
यो १२ मार्चसम्मको अवस्था हो। इटालीलाई यो अवस्थामा पुग्न दुई साता मात्र लाग्यो। इटालीलाई तेस्रो चरणबाट विभीषिकाको यस दारुण अवस्थासम्म आउन पाँच दिन मात्र लाग्यो।
संसारका अन्य देशहरु बिस्तारै यस चरणमा प्रवेश गर्दैछन्, जहाँबाट हामी गुज्रिसकेका छौं। यसकारण म एउटै कुरा भन्न चाहन्छु, तपाईहरु अनुमान पनि गर्न सक्नुहुन्न, स्थिति केसम्म र कतिसम्म भयावह हुनसक्छ? दुई साता अघिसम्म हामी पनि तपाईंले सोचेजस्तै सोचिरहेका थियौं कि हामीलाई केही हुँदैन।
यो भाइरस खतरनाक भएका कारण यस्तो भयावह परिस्थिति उत्पन्न भएको होइन, बरू यस भाइरसको सामना गर्न हामी सक्षम नभएकाले स्थिति हाम्रो नियन्त्रणभन्दा बाहिर गएको हो।
मेरो तपाई सबैलाई अनुरोध छ, आफ्नो सुरक्षा आफैं गर्नुस्। यस्तो भ्रम नपाल्नुस् कि मलाई केही हुँदैन। सक्नुहुन्छ भने आफूलाई आफ्नो घरभित्रै क्वारेन्टाइन गरी बस्नुस्।
केही देशले हामीलाई केही हुँदैन भन्ने सोचेको देख्दा दुःख लाग्छ। उनीहरुले यसको बचाउमा केही ठोस कदम चालेका पनि छैनन्। समय रहँदै उनीहरुले यस महामारीबाट बच्नका लागि आवश्यक कदम चालेको खण्डमा धेरै फाइदाजनक हुन्छ।
यदि तपाई यो सन्देश पढ्दै हुनुहुन्छ भने सजग हुनुस्, किनकि यसलाई बेवास्ता गरेर समाधान निस्कँदैन। अमेरिकामै कति जना संक्रमित होलान् उनीहरुका बारेमा अहिलेसम्म केही जानकारी छैन।
इटाली सरकारले अब आएर कोरोना भाइरस नियन्त्रणका लागि ठोस कदम चालेको छ। सरकारले यस भाइरसलाई, ‘यो जहाँ छ त्यहीं रोक्नुपर्छ भन्ने’ दृढ मानसिकता राखेर राम्रो काम गरिरहेको छ। यसका लागि उसले ढिलै भएपनि कठोर र सकारात्मक पाइला उठाएको छ। चीनले पनि यसैगरी नै कोरोना संक्रमणमाथि विजय पाएको हो। चीनले सबै क्षेत्र बन्द गरेर, मानिसहरूलाई घरमा थुनेर भाइरस संक्रमणमाथि सफलता हासिल गर्‍यो।
इटाली सरकारले जनतालाई बैंकको किस्ता तथा व्यापारमा मद्दत गरेर सहयोग गरिरहेको छ। तर मलाई भने यस चिन्ताले सताएको छ यदि सबै देशको अवस्था यस्तै भयो भने विश्वको स्थिति कस्तो होला?
यदि तपाईं रहेको स्थानमा कोरोना भाइरस संक्रमित व्यक्ति छन् भने तपाईं इटालीको अवस्थाभन्दा दुई साता मात्रै पछाडि हुनुहुन्छ। तपाईं इटालीले भोगेको दुरावस्था विस्तारै बुझ्नुहुन्छ। तसर्थ मेरो तपाई सबैलाई अनुरोध छ, आफ्नो सुरक्षा आफैं गर्नुस्। यस्तो भ्रम नपाल्नुस् कि मलाई केही हुँदैन। सक्नुहुन्छ भने आफूलाई आफ्नो घरभित्रै क्वारेन्टाइन गरी बस्नुस्।

Recent Posts

Recent-posts

Popular Posts

Unordered List

Text Widget