Everest Online News, Trending News, Hot News, Nepali News, Recent News, Online khabar, Ekantipur, Everest News, Everest news online, Online news, kantipur news, online khabar.com, everest online news, News Website, News blog, Nepli news blog, Recent trending news, Online khabar, Online news tv, Nepali news, hindi news, English news, Everest online news blog, Everest Official website, Everest news online portal, Best news, Recent news online, Online news nepal, Nepal online news, News 24, News

CopyRight

Thursday, June 11, 2020

एसईईका विद्यार्थीलाई परीक्षा बोर्ड प्रमाणपत्र के गर्ने? : शिक्षामन्त्री

एसईईका विद्यार्थीलाई परीक्षा बोर्डले नै प्रमाणपत्र दिन्छ : शिक्षामन्त्री
२९ जेठ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज भए पनि विद्यार्थीहरूलाई राष्ट्रिय परीक्षा बोर्डले नै प्रमाणपत्र दिने बताएका छन् ।


बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ का कारण यो वर्ष एसईई परीक्षा नलिने निर्णय गरेलगत्तै मन्त्री पोखरेलले यस्तो जानकारी दिएका हुन ।‘विद्यालयद्वारा गरिएको आन्तरिक मूल्यांकनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने गरी निर्णय गरेको छ’, पोखरेल भन्छन्, ‘यससम्बन्धी थप विवरण सम्बन्धित निकायहरूले उचित समयमा उपलब्ध गराउने छन् ।’

लामो समय विद्यार्थी तथा अभिभावकहरूलाई अन्यौलमा राखिराख्न उचित नभएकाले आवश्यक निर्णय गरिएको उनको भनाइ छ ।

‘कोभिड–१९ को महामारीका कारण देशभरका शिक्षण संस्थाहरू बन्द रहेका, विद्यालयहरूमा क्वारेन्टिन सञ्चालन गरिएको र कोरोना संक्रमणको जोखिमका बीच विद्यालयहरूमा परीक्षा केन्द्र कायम गरी विगतमा झै परीक्षा सञ्चालन गर्न सकिने अवस्था निकट भविष्यमा नरहेको सन्दर्भमा विद्यार्थीहरूको अध्ययन निरन्तरता तथा माथिल्लो तहमा अध्ययनको अवसर सुनिश्चित गर्नु राज्यको दायित्व बोध गरेर क्याविनेटले निर्णय गरेको छ,’ पोखरेलले सामाजिक सञ्जालमा ट्विट गरेका छन् ।

माध्यमिक शिक्षाको कक्षा दशको अन्तिम परीक्षाका सम्बन्धमा दीर्घकालीन रुपमा व्यवस्थापन हुने तयारी भइरहेको समेत उनले जानकारी दिएका छन् ।

२०७६ चैत ६ गतेदेखि सञ्चालन हुने गरी प्रकाशित परीक्षा ५ चैतमा स्थगन गरिएको थियो । देशभरी ४ लाख ८२ हजार २१९ विद्यार्थीले एसईईको तयारी गरेका थिए ।

0 Comments:

Post a Comment

Recent Posts

Recent-posts

Popular Posts

Unordered List

Text Widget

Blog Archive