पार्किङ गरेर राखेको कारमा आगजनी
२९ जेठ, गोरखा । गोरखा नगरपालिका–८, चाइनिज धारा स्थित मोटर ग्यारेजमा पार्किङ गरेर राखेको कारमा आगजनी भेटिएको छ . बा 12 छ 5984 नम्बरको टाटा कार एस्थानिया दिपक केसीको जानकारी भएको छ उक्त कारमा राति आगजनी भएको प्रहरीले बताएको छ . बिहान मर्निङ्ग वाक मा हिड्नेहरुले उक्त कार फेला परेको जानकारी रहेको छ र उक्त घटना प्रहरीलाई बताएको डि एस पी बासुदेब खतिवडा ले जानकारी गराउनु भयो |
‘मर्निङ वाक हिँड्नेहरुले देखेपछि हामीलाई खबर गर्नुभयो,’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी वासुदेव खतिवडाले भने, ‘अनि हाम्रो टोली पुग्यो ।’
के भएर आगजनी भयो भन्ने एकिन भइनसकेको उनले बताए । ‘आफैँ आगो लागेको हो की कसैले आगजनी गरिदिएको हो भन्ने विषयमा अनुसन्धान भइरहेकाे छ,’ उनले भने ।
कारमा आगो लागेको कुरा अझै खुलासा भएको छैन र तेस्को पछि को कारण पट्ट लागेको छैन। प्रहरी द्वारा अझै एस बिषएमा खोज र अनुसन्धान भैरहेको जानकारी रहेको छ
कार पूर्ण रुपमा क्षतिग्रस्त भएको उनले जानकारी दिए ।

0 Comments:
Post a Comment