२८ जेठ, काठमाडौं ।
चैत्र ११ देखि लक्डाउन सुरु भएको र आज को दिन सम्म आउदा सरकारले जना जीवन सामान्य बनाउने खालको मोडालिटी नाल्यौदा मानिसहरु आफ्नो काम मा पुन:फर्किएका छन। न्यूरोड क्षेत्रका व्यापारीहरुलाई पसल खोल्न बुधबार पनि प्रहरीले रोक लगाएको छ । तीन दिनदेखि खुल्ला हुँदै आएका न्यूरोड क्षेत्रका पसलहरु मंगलबार प्रहरीले एक्कासी बन्द गराएको थियो ।
तर व्यापारीहरुले बुधबार पनि पसल खोल्ने घोषणा गरेका थिए । सो घोषणाअनुसार बिहानै पसल खोल्न गएका व्यापारीहरुलाई प्रहरीहरुले रोकेका छन् । बुधबार बिहान अघिल्लो दिनजस्तो प्रहरी र व्यापारीबीच घम्साघम्सी भने भएन ।२ महिनाको अवधिमा सरकारले जनताको हित गर्न नसकेकाले , यसले ठूलो आर्थिक क्षति निम्त्याएको छ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले लकडाउन खुकुलो बनाउनेबारे बुधबार सरकारले केही पनि निर्णय नगरेमा आन्दोलन चर्काउने चेतावनी दिए । ‘हामी आज बाटो हेर्छौं, आज केही निर्णय भएन भने भोलि सयौं व्यापारीहरु सडकमा निस्किन्छौं,’ कटुवालले भने ।
एकातिर कर तिर्न भनेको छ तर ब्यापार भने खोल्न नदिने सरकार को यो छाल निकै लाजमर्दो रहेको ।
उनले व्यवसाय सन्चालन गर्न नसक्ने अवस्थामा पुगेको भन्दै अब सरकारलाई ताला चाबी बुझाउने बताए । ‘लकडाउनको कुनै मोडालिटी पनि चेन्ज नगर्ने र व्यावसायीलाई राहत प्याकेज पनि घोषणा नगर्ने सरकारले हाम्रो सम्पूर्ण जिम्मा लिओस्,’ अध्यक्ष कटुवालले भने ।
यसअघि लकडाउनको मिति थपिँदै गर्दा सरकारले कुनै विकल्प नदिएको बताउँदै व्यापारीहरूले २२ जेठको बिहानदेखि पसल खोल्न सुरू गरेका थिए । सो दिनपछि सबै पसलहरु ११ बजेसम्म खुला थिए ।तर मंगलबार एक्कासी प्रहरीले पसलहरु बन्द गराउँदै हिँडेपछि व्यापारीहरु रुष्ट भएका छन् ।प्रहरी अधिकृतहरुले भने सरकार कुनै नयाँ निर्देशन नदिएकाले लकडाउनमा कडाइ गरिएको बताएका छन् । उपत्यका प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेलले अनलाइनखबरसँग भने, ‘हामीले सरकारको आदेश कार्यान्वयन गर्ने हो, पसल सञ्चालन गर्न दिने भन्ने मोडालिटी छैन ।’
यसैबीच बुधबार लकडाउनको मोडालिटीलगायतका विषयमा छलफल गर्न मन्त्रिपरिषद बैठक बस्दै छ ।
कोरोना को एस्तो माहमारिमा पनि सरकारले फजुर खर्च गरेको छ। कति ठाउ कोरोना जाच्ने किट उपलब्ध छैन भने यता ब्यापार व्वासाए लथालिङ्ग छ। एस्तो अवस्थामा सरकारले छिटो भन्दा छिटो जनहित को मोडालिटी ल्याउन जरुरि छ | कार्पेट मा होइन किट मा ध्यान जानुपर्यो


0 Comments:
Post a Comment