Everest Online News, Trending News, Hot News, Nepali News, Recent News, Online khabar, Ekantipur, Everest News, Everest news online, Online news, kantipur news, online khabar.com, everest online news, News Website, News blog, Nepli news blog, Recent trending news, Online khabar, Online news tv, Nepali news, hindi news, English news, Everest online news blog, Everest Official website, Everest news online portal, Best news, Recent news online, Online news nepal, Nepal online news, News 24, News

CopyRight

Saturday, June 13, 2020

फेसबुकको love : इन्जिनियर हुँ भन्दै बिहे गरेको केटो १० कक्षा पास मात्रै !

फेसबुकको love : इन्जिनियर हुँ भन्दै बिहे गरेको केटो १० कक्षा पास मात्रै !

इलाम घर भई ललितपुर बस्ने शिला शर्मा (नाम परिवर्तन)को करिब एक वर्षअघि रमेशप्रसाद तिमल्सिनासँग फेसबुकमार्फत चिनजान भयो । फेसबुक च्याट हुँदै उनीहरू साथी बने । तिमल्सिनाले आफू हाइड्रो इन्जिनियर भएको र ठूलो कम्पनीमा काम गर्ने बताएका थिए । त्यही ‘प्रोफाइल’का आधारमा युवती उनीसँग निकट भएकी थिइन् । भर्चुअल दुनियाँबाट झन् नजिक हुँदै उनीहरू भेटघाट गर्न थाले ।

facebook love marriage, love marriage, internet love marriage,


मीठा कुरा गर्ने तिमल्सिनाले शिलालाई सजिलै प्रभावमा पारे । छोटो अवधिमै उनीहरू प्रेमी–प्रेमिका भए । काठमाडौंमा घर भएको इन्जिनियर केटो भनेपछि परिवारले पनि तिमल्सिनासँग उनको बिहे गराउन हतार गरे । गत फागुनमा उनीहरूको बिहे भयो । बिमा कागजपत्रले रहस्य खुल्यो : बिहेमा परिवार व्यस्त भएकाले आउन नपाएको तिमल्सिनाले बताएका थिए । आफ्ना साथीहरूलाई आफन्त भन्दै उनले बोलाएका थिए ।

जसले गर्दा शिलाको परिवारमा बिहेकै दिनमा शंका उत्पन्न भएको थियो । बिहेको करिब दुई महिनापछि श्रीमानको झोलामा शिलाले बिमासम्बन्धी कागजपत्र भेट्टाइन् । केही बच्चाहरूको बिमा गरेको कागज थियो, जसमा आफ्नो श्रीमानको नाम बुबा भनेर उल्लेख थियो । पहिलेदेखि नै श्रीमानको व्यवहार उनलाई केही शंकास्पद लागेको थियो । त्यो कागजपत्र देखेर उनी झस्किइन् । श्रीमानसँग केरकार गर्दा उनले पहिले नै बिहे गरिसकेको र सन्तानसमेत रहेको खुल्यो ।

त्यसपछि उनी माइती गइन् । माइतीमा सल्लाह गरेर श्रीमानविरुद्ध उजुरी दिइन् । महानगरीय प्रहरी परिसर ललितपुरले तिमल्सिनालाई गत २१ वैशाखमा पक्राउ गरेको छ । आर्थिक लाभ लिन ढाटेर बिहे आर्थिक लाभ लिने उद्देश्यले उनले आफू इन्जिनियर भएको भन्दै ढाँटेर युवतीसँग बिहे गरेको खुलेको छ । तिमल्सिनाले बिहेका नाममा पैसा र सुन लिएर ठगीसमेत गरेको परिसरका डिएसपी ईश्वर कार्कीले बताए ।

बिहेका लागि भन्दै उनले युवतीको माइतीबाट दुई लाख नगद र सुनका गहना लिएका थिए । एकान्तकुनामा डेरामा बस्दै आएका तिमल्सिनाका जेठी श्रीमती र बच्चाहरू भने गाउँमै छन् । सिन्धुपाल्चोक बलेफी घर भएका उनी पहिलेदेखि नै ठगीमा संलग्न रहेको प्रहरीले जनाएको छ । दुई वर्षअघि काठमाडौंमा ठगीकै आरोपमा पक्राउ परेका उनलाई अदालतले समेत दोषी ठहर गरी कैद सजाय सुनाइसकेकोमा उनी फरार थिए । फेसबुकमा युवतीहरूलाई साथी बनाउने र आफू इन्जिनियर भएको भन्दै उनले प्रभावमा पारेर नजिकिने गरेका थिए ।

इन्जिनियर भनेपछि युवतीहरू नजिकिने भएकाले तिमल्सिनाले त्यस्तो तरिका अपनाएका थिए । अरू केटीहरूलाई पनि उनले ठगी गरेको हुन सक्ने प्रहरी आशंका छ ।केही वर्षअघि एक हाइड्रोपावर कम्पनीको स्टोर शाखामा काम गरेका उनी १० कक्षा पास मात्र भएको खुलेको छ । पक्राउ परेपछि उनले युवती आफूसँगको प्रेममा ‘फिदा’ भएकाले उनको ज्यान जोगाउन आफूले ढाँटेर बिहे गरेको दाबी गरेका छन् । नयाँ पत्रिका दैनिक

थप ‘यो पनि पढ्नुहोस् – श्रीमतीलाई खुसी बनाउने २५ सुत्रहरू ! हरेक पुरूषले पढ्नुपर्ने !
आजकल नेपाली समाजमा थुप्रै कारणहरुले डिभोर्सको घटना दिन प्रतिदिन बढ्दै छ । कतै तपाईले आफ्नो श्रीमतीलाई खुसि पर्न नसकेर तपाईको परिवारिक जीवनमा खटपट त परेको छैन ? सामाजिक संजालमा चितपरिचित ले खेक गणेश ज्ञवालीले तयार पारेका श्रीमतीलाई खुसी बनाउने २५ सुत्रहरूयी सुत्रहरु अपनाउनुभयो भने तपाइको परिवारमा कहिले पनि झगडा हुदैन।

(१). काली, परी, माया, बेबी र मेरो महारानी भनेर बोलाउने । (२).कुनै अन्य राम्री केटी संग तुलना गर्दै नगर्ने। बरु नराम्री केटीको फ़ोटो देखाएर यो भन्दा राम्री त तिमी छौ भनी मक्ख पार्ने। (३). भूलेर पनी श्रीमतीका बाउआमाको नराम्रो पक्ष ननिकाल्दिने। सकेसम्म माईतीको कुकुर र भैसिको पनी भरपूर तारीफ गर्ने। (४).घर सफा, गर्ने, कपड़ा धुने, बजार जाने र खाना पकाउने। अफिसको लागी आफ्नो खाजा आफै पोको पार्ने।

(५). बाहिर निस्कदा आफ्नो गन्तव्य सुनाएर निस्कने र छिटो घर फ़र्किने। रक्सि पिउन मनलागे गोजिमा २ दाना ल्वांग र लसुन बोकेर हिड्ने। घर प्रवेश गर्नु पूर्व चपाउने। (६). आफू जतिसुकै बिजि भएपनी दिउँसो १०/१५ पटक सम्झिने फोन गरेर Love you Baby भन्ने। विवाहको सधै औठी लगाउने र मोबाइलको स्क्रीन र पर्समा श्रीमतीको फोटो राख्ने।

(७). श्रीमतीले जस्तोसुकै स्वादको खाना पकाएपनी, तीम्रो हात त सारै मिठो छ भन्ने। खाना संगसंगै श्रीमतीको हात सुमसुमाउने। (८).पूराना कुरा निस्के, तिमी राम्री भएर त हो टोलका केटाहरू अहिलेसम्म तीम्रो पछी परेको भन्ने। (९). हरेक कुराको अधिकार श्रीमती लाई दिने। उसको योजना गलतै भएपनी, श्रीमतिको निर्णयमा सहमत हुने। (१०). अफिसको काम र साथीभाईका कुरा श्रीमतीलाई नसुनाउने तर श्रीमतीले रातभर जे बरबराएपनी ध्यान दिएर सुन्ने।

(११). श्रीमतीको मूड हेरेर मात्र मायाले सताउने । नत्र महिला हिंसा र बलात्कारको आरोप खेप्नु पर्ला। (१२). श्रीमतीका कुरा सुन्ने र उसको माँग अनुसारको शपिंग गरीदिने। बजार जादा आउदा श्रीमतीको झोला बोक्ने। (१३). श्रीमतीले बोलेको जोक्समा हास्ने र दुःखको कुरा गरे, हो मा हो मिलाएर संगै रोएझै गर्ने। (१४). आफु जा गएपनी मोबाइलको लोकेशन ट्र्याकर On राखेर हीड्ने र कस्लाई भेट्न गएको फोटो खिंचेर श्रीमतीलाई पठाउने।

(१५). सकेसम्म सत्य बोल्दिने। झुठै बोल्नु परे अली सीरीयस भएर, हो की झै पारेर बोल्ने। झुट पकड़े, म जिस्केको भनी ठट्टा गर्ने। (१६). बेला-बेला घुम्न लैजाने। बजार पुगे लगतै श्रीमती लाई बैंक कार्ड र पर्स दीने अनि मन लागेको किन भनी लुरुलुरु दिन भर पसल चार्दै श्रीमतीको अगी-पछी हिड्ने। (१७). अफीसको कामले दिक्दार भएपनी, घरमा प्रवेश गर्ने बित्तिकै, खिस्स हास्ने र चुलो चौकामा साथ दिने।

(१८).श्रीमतीका साथीहरूको सम्मान गर्ने र खाजा नास्ताको जोहो गर्ने अनि श्रीमतीकै साथी बीच बसेर कुरा सुनीदिने। (१९). आफ़्ना परिवार र साथीभाई माँझ श्रीमतीको प्रशंसा गर्ने। श्रीमतीका नराम्रा कुरा गर्दैनगर्ने। (२०).श्रीमतीले ल्याईदिएको सामान मन नपरे पनी आहा ठ्याकै मेरो मनले खोजेको पाए भनी तारीफ गर्ने। (२१). श्रीमती कतै हिड्ने बेलामा श्रीमतीको पहिरनको टिकाटिप्पणी नगर्ने। सोधिहाले, अप्सरा झै देखीए की छौ भनेर कालो टिका लगाई दिने।

(२२) .श्रीमतीले किनेका कपड़ा र जोडेका सामान धेरै भयो भन्दै नभन्ने। (२३). श्रीमती उठ्ने बित्तिकै चिया बनाउने, दूध-चिनी धेरै-थोरै भयो भने, फेरी अर्को कप चिया बनाएर दिने तर कैचि झै थुतुनो नचलाउने। (२४). बिपनाको कुरा छाडौ, सपनामा पनी परस्त्रीको सपना नदेख्ने। देखीहाले चुपचाप बस्ने श्रीमतीलाई नसुनाउने। (२५). फेसबुकमा कुनै केटीको फोटोमा लाइक कमेंट्स गर्दा १० पटक श्रीमतीलाई सम्झेर मात्र बटन थिच्ने। सलाईको काटीले चुलो मात्र होईन घरपनी जलाउन सक्छ।

0 Comments:

Post a Comment

Recent Posts

Recent-posts

Popular Posts

Unordered List

Text Widget

Blog Archive