Everest Online News, Trending News, Hot News, Nepali News, Recent News, Online khabar, Ekantipur, Everest News, Everest news online, Online news, kantipur news, online khabar.com, everest online news, News Website, News blog, Nepli news blog, Recent trending news, Online khabar, Online news tv, Nepali news, hindi news, English news, Everest online news blog, Everest Official website, Everest news online portal, Best news, Recent news online, Online news nepal, Nepal online news, News 24, News

CopyRight

Tuesday, June 9, 2020

रुपन्देहीको तिलोत्तमामा पाँच जनाको हत्या


प्रकाशित मिति: मंगलबार, जेठ २७, २०७७

२७ जेठ, काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, मैनहवामा पाँच जनाको सामूहिक हत्या भएको छ ।

गएराति सुर्खेतका एक जना व्यक्तिले स्थानीय रामबहादुर पुनको गाई फार्ममा कार्यरत ५ जनालाई बञ्चरो प्रहार गरेर हत्या गरेका हुन् । हत्या हुनेहरुमा चार पुरुष र एक महिला छन् । उनीहरु सबै स्थानीय हुन् । मृतकहरुमा माधव मुसहर,जानकी मुसहर, करण चौधरी, आशिष चौधरी, पोषराज मुसहर हुन् । गाई फार्ममा ६ जना कामदार थिए । 

एकजना भुसभित्र लुकेको अवस्थामा फेला परेको र उनी अचेत रहेकाले उपचारका लागि अस्पताल पुर्याइएको रुपन्देही प्रहरी प्रमुख एसपी हेमकुमार थापाले बताए । घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको एसपी थापाले बताए ।

घटनाबारे बिहानै स्थानीयले खबर दिएपछि मंगलापुर प्रहरी चौकीबाट टोली अपराधस्थलमा पुगेको थियो । त्यसपछि सुर्खेतका झपेन्द्र सिजापतीलाई घटनामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । मृतकहरु को को हुन् भन्ने खुलेको छैन।

'गोठमा काम गर्ने पाँच जनाको हत्या गरी तन्नाले ढाकेर राखिएको अवस्थामा छ, अहिले विहान विभत्स दृश्य देखेपछि मंगलापुर प्रहरी चौकीलाई खबर गरिएको छ र प्रहरी घटनास्थलतर्फ आउँदै छ', थापाले भने।

रुपन्देहीका प्रहरी प्रमुख एसपी थापाले पनि अनलाइनखबरसँग कुरा गर्दै एक जनालाई पक्राउ गरिएको पुष्टि गरेका छन् । यद्यपि, उनले पक्राउ परेका व्यक्तिको परिचय खुलाएनन् ।
स्रोतका अनुसार सिजापती लागू औषध दुर्व्यसनी हुन् । थप अनुसन्धान भइरहेको थापाले बताए । 

0 Comments:

Post a Comment

Recent Posts

Recent-posts

Popular Posts

Unordered List

Text Widget

Blog Archive