Tuesday, June 16, 2020
The good news: Corona drugs have been discovered in the UK
Sunday, June 14, 2020
Actor Sushant Singh Rajput commits suicide -
Bollywood actor Sushant Singh Rajput has committed suicide. He committed suicide at his home in Bandra, Mumbai, according to Indian media. He committed suicide by tying a rope.
Sushant, who started his career in television, is now a famous Bollywood hero. He was quoted in MS Dhoni: The Untold Story.
Sushant's former manager Disha Saliyan committed suicide last week. Tweeting the news, Sushant said he was shocked.Sushant, 34, made her Bollywood debut in 2014 with Kai Po Che. He has acted in successful films like 'PK', 'Kedarnath', 'Pure Country Romance' and 'Chichore'. Sushant's career started with GTV serial 'Pavitra Rista'. He was unmarried.
The cause of the suicide has not been revealed. According to BBC Hindi journalist Madhu Pal, a man working at Rajput's house informed about the suicide at Bandra police station. She started her acting journey from television. He had acted in films like Story, Kai Po Che, Chichhore and Kedarnath. He was 34 years old. In which country did he start his campaign from a television serial called My Heart? He came to the limelight from a television serial called Pavitra Rishta.
#RipSushant
Sushant Singh Rajput death, Sushant Singh Rajput biography, Sushant Singh Rajput,Sushant Singh Rajput suicide, Sushant Singh Rajput suicide cause, Sushant Singh Rajput death today, Sushant Rajput suicide, bollywod star Sushant Singh Rajput , suicide
कक्षा ११ र १२ को परीक्षाको विकल्प नखोजिने, परीक्षा गराएरै छाड्ने शिक्षामन्त्री पोखरेलको भनाई
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कक्षा ११ र १२ को भने परीक्षा लिनैपर्ने हुने बताए । उनले ऋषि धमलासँग रेडियो एनआरएनसँग भने, ‘हामीले कक्षा १० र १२ को परीक्षा गर्नुपर्नेथियो । परिस्थिति सामान्य भएपछि परीक्षा हुन्छ ।’
पोखरेलले एसईई नै खारेजी नहुने बताए । एसईईको इतिहास लामे भएको भन्दै उल्लेख गर्दै भने, ‘अहिले पनि प्रहरी, सेना र सरकारी सेवामा जाँदा श्रमबजारमा कामसँग पनि गाँसिएको छ । अहिलेसम्म यो प्रमाणपत्रलाई लोकसेवाले पनि मान्यता दिइरहेको लगायतका धेरै पक्षहरु छन् ।’ एसईई नै खारेजीको विषयमा अझै छलफल नपुगेको बताए ।
अहिले ११ को परीक्षाको त्यस्तो हतार नभएको बताए । कक्षा चढाउनुपर्यो भने पछि परीक्षा गरेर पनि गर्न सकिने उनको भनाई थियो ।
परीक्षा अनुकूल समयमा गर्नुपर्ने भन्दै विश्वविद्यालयहरुको लागि नयाँ ढंगले सोच्नुपर्ने बताए । ‘हामीले जेठभरिमा शिक्षासम्बन्धी सबै विषयमा स्पष्ट पार्दै जान्छौं भनेका थियौ त्यो हुँदैपनि गएको छ,’ पोखरेलले भने ।
सिक्षा मन्त्रि को भनाइ -
"सेमेस्टर सकिएको छ भने परिक्षा नहुदा पनि अर्को सेमेस्टर चढाउनुहोस, पठन पाठन अगाडि बढाउनुहोस। कुनै उपयुक्त समयमा परिक्षा गरौला । १२ को परिछाको हक मा परिस्थति सहज भएमा परिछा गरिन्छ। येस्मा अर्को ढंग ले सोचिदैना। ११ को सन्धर्भ मा हामीलाई कुनै कानुनी जटिलता छैन। मन्त्रलायले परिछा गराउने पर्छ भन्ने पनि छैन , ढिला पनि भएको छैन। परिछा गर्दा खेरि छै पढाइ को स्तर अगाडी बढ्ने र तेस्ले गुणात्मकत लै पनि जोड दिने भएकाले हामी अलि बढि परिछामुखी भएका छौ। अहिले विभिन्न कोण बाट बिज्ञ बाट आएका सुझाब हरुलाई ध्यान दिएर हामी आगामी दिन हरुमा, अहिले त भाको ऐन अन्तर्गत वेवस्थापन गर्नु पर्छ। यी कतिपय सुझाब हरु लै चै हामी जो संघिय सिक्षा ऐन हामी बनाउदै छ, यी कतिपय मुद्दालाई चै हामी भोलिको ऐन मा नै सम्बोधन गर्छौ। "
तेसैले १२ को परिक्षा को त विकल्प छदै छैन। ११ को भने सिक्षा मन्त्रीले भने झैँ लिनै पर्छ भन्ने छैन र अवस्त अनुसार लिन पनि सकिन्छ। जहा सम्म हेर्दा ११ १२ दुईको परिक्षा हुनसक्ने छ। ११ को अन्तिम टुंगो औन बाकि छ।
११ को निर्णय छिटै आउने छ।
कक्षा ११ र १२ परीक्षा, कक्षा ११ र १२ को परीक्षाको, कक्षा ११ र १२ को परीक्षा तालिका, कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक, कक्षा ११ र १२ को परीक्षा, कक्षा ११ र १२ को परीक्षा तालिका २०७६, कक्षा ११ र १२ को परीक्षा तालिका २०७७, कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित), कक्षा ११ र १२ को नयाँ परीक्षा तालिका सार्वजनिक, onlinekhabar nepali, onlinekhabar nepali live, online khabar nepali kantipur, online khabar nepali samachar,nepali onlinekhabar com np,onlinekhabar patrika nepali,kantipur onlinekhabar nepali,online khabar nepali edition,onlinekhabar nepali news,onlinekhabar about nepal banda,onlinekhabar nepali,onlinekhabar.com,nepal news,english.onlinekhabar.com nepali,onlinekhabar nepal dang,nepali online khabar dot com,online khabar for nepal,onlinekhabar nepali,online khabar nepal,onlinekhabar in nepali,online khabar nepali,onlinekhabar nepali language,onlinekhabar.com/content/news, onlinekhabar news,onlinekhabar in nepali language,onlinekhabar in nepali news,onlinekhabar in nepal,kantipur onlinekhabar in nepali,latest onlinekhabar in nepali,onlinekhabar samachar in nepali,onlinekhabar kathmandu nepal,online khabar nepal live,online khabar in nepali language,onlinekhabar nepal pvt. ltd. kathmandu,onlinekhabar nepali newspaper,onlinekhabar nepal news,onlinekhabar nepal news today,onlinekhabar nepal's no 1 portal news,onlinekhabar nepal political news,nepali new onlinekhabar,onlinekhabar nepali online taja khabar,onlinekhabar of nepal,online khabar nepal pvt. ltd,nepali online khabar patrika,nepal onlinekhabar portal news,online khabar patrika nepal,onlinekhabar nepali news portal,nepal onlinekhabar ,onlinekhabar nepali samachar,onlinekhabar nepal today,nepali online khabar today,onlinekhabar news nepal today,nepali online khabar video,www.onlinekhabar nepali news,www.onlinekhabar nepali, एसईई परीक्षा, एसईई रिजल्ट 2075, एसईई २०७५, एसईई परिक्षा, एसईई को नतिजा, एसईई नतिजा 2075, everest nepali news, everest nepali newspaper uk, everest dainik nepali newspaper, everest times nepali newspaper
Saturday, June 13, 2020
फेसबुकको love : इन्जिनियर हुँ भन्दै बिहे गरेको केटो १० कक्षा पास मात्रै !
इलाम घर भई ललितपुर बस्ने शिला शर्मा (नाम परिवर्तन)को करिब एक वर्षअघि रमेशप्रसाद तिमल्सिनासँग फेसबुकमार्फत चिनजान भयो । फेसबुक च्याट हुँदै उनीहरू साथी बने । तिमल्सिनाले आफू हाइड्रो इन्जिनियर भएको र ठूलो कम्पनीमा काम गर्ने बताएका थिए । त्यही ‘प्रोफाइल’का आधारमा युवती उनीसँग निकट भएकी थिइन् । भर्चुअल दुनियाँबाट झन् नजिक हुँदै उनीहरू भेटघाट गर्न थाले ।
मीठा कुरा गर्ने तिमल्सिनाले शिलालाई सजिलै प्रभावमा पारे । छोटो अवधिमै उनीहरू प्रेमी–प्रेमिका भए । काठमाडौंमा घर भएको इन्जिनियर केटो भनेपछि परिवारले पनि तिमल्सिनासँग उनको बिहे गराउन हतार गरे । गत फागुनमा उनीहरूको बिहे भयो । बिमा कागजपत्रले रहस्य खुल्यो : बिहेमा परिवार व्यस्त भएकाले आउन नपाएको तिमल्सिनाले बताएका थिए । आफ्ना साथीहरूलाई आफन्त भन्दै उनले बोलाएका थिए ।
जसले गर्दा शिलाको परिवारमा बिहेकै दिनमा शंका उत्पन्न भएको थियो । बिहेको करिब दुई महिनापछि श्रीमानको झोलामा शिलाले बिमासम्बन्धी कागजपत्र भेट्टाइन् । केही बच्चाहरूको बिमा गरेको कागज थियो, जसमा आफ्नो श्रीमानको नाम बुबा भनेर उल्लेख थियो । पहिलेदेखि नै श्रीमानको व्यवहार उनलाई केही शंकास्पद लागेको थियो । त्यो कागजपत्र देखेर उनी झस्किइन् । श्रीमानसँग केरकार गर्दा उनले पहिले नै बिहे गरिसकेको र सन्तानसमेत रहेको खुल्यो ।
त्यसपछि उनी माइती गइन् । माइतीमा सल्लाह गरेर श्रीमानविरुद्ध उजुरी दिइन् । महानगरीय प्रहरी परिसर ललितपुरले तिमल्सिनालाई गत २१ वैशाखमा पक्राउ गरेको छ । आर्थिक लाभ लिन ढाटेर बिहे आर्थिक लाभ लिने उद्देश्यले उनले आफू इन्जिनियर भएको भन्दै ढाँटेर युवतीसँग बिहे गरेको खुलेको छ । तिमल्सिनाले बिहेका नाममा पैसा र सुन लिएर ठगीसमेत गरेको परिसरका डिएसपी ईश्वर कार्कीले बताए ।
बिहेका लागि भन्दै उनले युवतीको माइतीबाट दुई लाख नगद र सुनका गहना लिएका थिए । एकान्तकुनामा डेरामा बस्दै आएका तिमल्सिनाका जेठी श्रीमती र बच्चाहरू भने गाउँमै छन् । सिन्धुपाल्चोक बलेफी घर भएका उनी पहिलेदेखि नै ठगीमा संलग्न रहेको प्रहरीले जनाएको छ । दुई वर्षअघि काठमाडौंमा ठगीकै आरोपमा पक्राउ परेका उनलाई अदालतले समेत दोषी ठहर गरी कैद सजाय सुनाइसकेकोमा उनी फरार थिए । फेसबुकमा युवतीहरूलाई साथी बनाउने र आफू इन्जिनियर भएको भन्दै उनले प्रभावमा पारेर नजिकिने गरेका थिए ।
इन्जिनियर भनेपछि युवतीहरू नजिकिने भएकाले तिमल्सिनाले त्यस्तो तरिका अपनाएका थिए । अरू केटीहरूलाई पनि उनले ठगी गरेको हुन सक्ने प्रहरी आशंका छ ।केही वर्षअघि एक हाइड्रोपावर कम्पनीको स्टोर शाखामा काम गरेका उनी १० कक्षा पास मात्र भएको खुलेको छ । पक्राउ परेपछि उनले युवती आफूसँगको प्रेममा ‘फिदा’ भएकाले उनको ज्यान जोगाउन आफूले ढाँटेर बिहे गरेको दाबी गरेका छन् । नयाँ पत्रिका दैनिक
थप ‘यो पनि पढ्नुहोस् – श्रीमतीलाई खुसी बनाउने २५ सुत्रहरू ! हरेक पुरूषले पढ्नुपर्ने !
आजकल नेपाली समाजमा थुप्रै कारणहरुले डिभोर्सको घटना दिन प्रतिदिन बढ्दै छ । कतै तपाईले आफ्नो श्रीमतीलाई खुसि पर्न नसकेर तपाईको परिवारिक जीवनमा खटपट त परेको छैन ? सामाजिक संजालमा चितपरिचित ले खेक गणेश ज्ञवालीले तयार पारेका श्रीमतीलाई खुसी बनाउने २५ सुत्रहरूयी सुत्रहरु अपनाउनुभयो भने तपाइको परिवारमा कहिले पनि झगडा हुदैन।
(१). काली, परी, माया, बेबी र मेरो महारानी भनेर बोलाउने । (२).कुनै अन्य राम्री केटी संग तुलना गर्दै नगर्ने। बरु नराम्री केटीको फ़ोटो देखाएर यो भन्दा राम्री त तिमी छौ भनी मक्ख पार्ने। (३). भूलेर पनी श्रीमतीका बाउआमाको नराम्रो पक्ष ननिकाल्दिने। सकेसम्म माईतीको कुकुर र भैसिको पनी भरपूर तारीफ गर्ने। (४).घर सफा, गर्ने, कपड़ा धुने, बजार जाने र खाना पकाउने। अफिसको लागी आफ्नो खाजा आफै पोको पार्ने।
(५). बाहिर निस्कदा आफ्नो गन्तव्य सुनाएर निस्कने र छिटो घर फ़र्किने। रक्सि पिउन मनलागे गोजिमा २ दाना ल्वांग र लसुन बोकेर हिड्ने। घर प्रवेश गर्नु पूर्व चपाउने। (६). आफू जतिसुकै बिजि भएपनी दिउँसो १०/१५ पटक सम्झिने फोन गरेर Love you Baby भन्ने। विवाहको सधै औठी लगाउने र मोबाइलको स्क्रीन र पर्समा श्रीमतीको फोटो राख्ने।
(७). श्रीमतीले जस्तोसुकै स्वादको खाना पकाएपनी, तीम्रो हात त सारै मिठो छ भन्ने। खाना संगसंगै श्रीमतीको हात सुमसुमाउने। (८).पूराना कुरा निस्के, तिमी राम्री भएर त हो टोलका केटाहरू अहिलेसम्म तीम्रो पछी परेको भन्ने। (९). हरेक कुराको अधिकार श्रीमती लाई दिने। उसको योजना गलतै भएपनी, श्रीमतिको निर्णयमा सहमत हुने। (१०). अफिसको काम र साथीभाईका कुरा श्रीमतीलाई नसुनाउने तर श्रीमतीले रातभर जे बरबराएपनी ध्यान दिएर सुन्ने।
(११). श्रीमतीको मूड हेरेर मात्र मायाले सताउने । नत्र महिला हिंसा र बलात्कारको आरोप खेप्नु पर्ला। (१२). श्रीमतीका कुरा सुन्ने र उसको माँग अनुसारको शपिंग गरीदिने। बजार जादा आउदा श्रीमतीको झोला बोक्ने। (१३). श्रीमतीले बोलेको जोक्समा हास्ने र दुःखको कुरा गरे, हो मा हो मिलाएर संगै रोएझै गर्ने। (१४). आफु जा गएपनी मोबाइलको लोकेशन ट्र्याकर On राखेर हीड्ने र कस्लाई भेट्न गएको फोटो खिंचेर श्रीमतीलाई पठाउने।
(१५). सकेसम्म सत्य बोल्दिने। झुठै बोल्नु परे अली सीरीयस भएर, हो की झै पारेर बोल्ने। झुट पकड़े, म जिस्केको भनी ठट्टा गर्ने। (१६). बेला-बेला घुम्न लैजाने। बजार पुगे लगतै श्रीमती लाई बैंक कार्ड र पर्स दीने अनि मन लागेको किन भनी लुरुलुरु दिन भर पसल चार्दै श्रीमतीको अगी-पछी हिड्ने। (१७). अफीसको कामले दिक्दार भएपनी, घरमा प्रवेश गर्ने बित्तिकै, खिस्स हास्ने र चुलो चौकामा साथ दिने।
(१८).श्रीमतीका साथीहरूको सम्मान गर्ने र खाजा नास्ताको जोहो गर्ने अनि श्रीमतीकै साथी बीच बसेर कुरा सुनीदिने। (१९). आफ़्ना परिवार र साथीभाई माँझ श्रीमतीको प्रशंसा गर्ने। श्रीमतीका नराम्रा कुरा गर्दैनगर्ने। (२०).श्रीमतीले ल्याईदिएको सामान मन नपरे पनी आहा ठ्याकै मेरो मनले खोजेको पाए भनी तारीफ गर्ने। (२१). श्रीमती कतै हिड्ने बेलामा श्रीमतीको पहिरनको टिकाटिप्पणी नगर्ने। सोधिहाले, अप्सरा झै देखीए की छौ भनेर कालो टिका लगाई दिने।
(२२) .श्रीमतीले किनेका कपड़ा र जोडेका सामान धेरै भयो भन्दै नभन्ने। (२३). श्रीमती उठ्ने बित्तिकै चिया बनाउने, दूध-चिनी धेरै-थोरै भयो भने, फेरी अर्को कप चिया बनाएर दिने तर कैचि झै थुतुनो नचलाउने। (२४). बिपनाको कुरा छाडौ, सपनामा पनी परस्त्रीको सपना नदेख्ने। देखीहाले चुपचाप बस्ने श्रीमतीलाई नसुनाउने। (२५). फेसबुकमा कुनै केटीको फोटोमा लाइक कमेंट्स गर्दा १० पटक श्रीमतीलाई सम्झेर मात्र बटन थिच्ने। सलाईको काटीले चुलो मात्र होईन घरपनी जलाउन सक्छ।
Friday, June 12, 2020
हात चुमेर काेराेना ठिक गर्ने बाबाकाे काेराेनाकै कारण मृ’त्यु, २९ भक्त सं’क्र’मित
Thursday, June 11, 2020
लकडाउन खुकुलो : के खुल्यो, के खुलेन ?
लकडाउन खुकुलो : के खुल्यो, के खुलेन ?
२९ जेठ, काठमाडौं । ८० दिन लामो लकडाउनपछि सरकारले लकडाउन खुकुलो पार्ने योजना ल्याएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लकडाउन खुकुलो पार्ने २१ दिने योजना सार्वजनिक गरेको हो ।
त्यसअनुसार शुक्रबारदेखि उपत्यकाभित्र र अन्यत्र जिल्लाभित्र निजी सवारी साधन जोर बिजोर प्रणालीअनुसार चलाउन पाइने भएको छ ।
तर सार्वजनिक यातायातका साधन, अन्तरिक तथा बाह्य हवाई सेवा अहिले पनि बन्द नै रहनेछ ।
Pic Credit: Onlinekhabar.com
यस्तै, पसल र डिपार्टमेन्ट स्टोरहरू खोल्न पाइनेछ । तर सपिङ मलहरू खुला हुने छैनन् ।
रेस्टुरेन्टहरू प्याकिङ र टेक अवे सेवा दिने गरी खुला गर्न सकिनेछ भने क्वारेन्टिन बनाइएका बाहेकका होटलहरू बन्द नै रहनेछन् ।
सबै सरकारी, निजी र वित्तीय संस्थाका कार्यालय खुल्नेछन् । तर बिहान ८ देखि दिउँसो १ र दिउँसो १ देखि साँझ ६ बजेसम्म दुई सिफ्टमा चलाउनुपर्नेछ ।
विद्यालय तथा शैक्षिक संस्थाहरू भने बन्द रहनेछन् । सभा समारोह, प्रदर्शन गर्न पाइने छैन भने सिनेमा हल, डान्सबार, पुस्तकालय, संग्रहालय, समूहमा खेलिने खेल, स्वीमिङ पुलहरू पनि खुला हुने छैनन् । सरकारले तोकेका २० बाहेक अरू अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द नै रहनेछ ।
पार्किङ गरेर राखेको कारमा आगजनी
एसईईका विद्यार्थीलाई परीक्षा बोर्ड प्रमाणपत्र के गर्ने? : शिक्षामन्त्री
लकडाउनको मोडालिटी परिवर्तन : पसल खुल्ने, सवारीमा जोर विजोर !
भारतले भूमि फिर्ता गर्नुपर्यो, समाधान त्यही हो : प्रधानमन्त्री
Wednesday, June 10, 2020
यस वर्ष एसईई परीक्षा- सरकारको अन्तिम निर्णय
८ जेठ, काठमाडौं ।
स्रोतका अनुसार शिक्षा मन्त्रालयले आन्तरिक मूल्याङ्कन, प्रदेशगतरुपमा परीक्षा लिने वा विद्यमान कानूनलाई संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको एसइई परीक्षा लिनेजस्ता विकल्प पेश गरेको थियो । तर विद्यालयहरूमा क्वारेन्टिन स्थल बनाएकाले तत्काल परीक्षा सम्भव छैन ।
अब विद्यालयहरूले आन्तरिम मूल्यांकनको नम्बर परीक्षा बोर्डमा पठाउनेछन् र, त्यसकै आधारमा ग्रेड निर्धारण गरेर परीक्षाफल सार्वजनिक हुने बताइएको छ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषदको बुधबार सााझ बसेको बैठकले विद्यालयको आन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो ।
गत चैत ६ गते हुने कक्षा १० को एसइई परीक्षा कोरोना जोखिमका कारण गत चैत ५ गतेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगित भएको थियो ।
यस पटकको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा खारेज भएको छ । कोरोना भाइरस संक्रमण र लकडाउनको कारण अन्योलमा परेको एसइइ परीक्षा सरकारले खारेज गरेको हो । मन्त्रिपरिषद्को बुधबारको बैठकले एसईई परीक्षा खारेज गर्ने प्रस्ताव पारित गरेको छ । एसईई खारेज भएपछि विद्यालयकै मूल्यांकलनलाई मान्यता दिइने भएको छ ।
करिब ३ महिनादेखि अन्योल अवस्थामा रहेको एसईई परीक्षा यस पटकलाई खारेज गरी विद्यालयले मूल्यांकनलाई मान्यता दिन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेका थिए । मन्त्री पोखरेलले गरेको प्रस्तावलाई मन्त्रिपरिषद्ले पारित गरेको हो ।
गएको चैत ६ गतेदेखि शुरु हुने भनिएको एसईई परीक्षा कोरोना भाइरस संक्रमण र लकडाउनको कारण अचानक स्थगित भएको थियो । सरकारले जाँच शुरु हुनु अघिल्लो साँझ परीक्षा अनिश्चितकलको लागि रद्ध गर्ने निर्णय गरेको थियो । कक्षा १० को एसईई परीक्षाका लागि चार लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका थिए ।
देशभर थप जनामा कोरोना संक्रमण : संक्रमितको संख्या पुग्यो ....
काठमाडौँ ,
२८ – जेठ / नेपालमा कोरोना भाइरस संक्रमित तीव्र गतिमा बढ्दै गएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार देशभरमा २७९ जना संक्रमित थपिएका छन् ।
जसमा २५७ जना पुरुष र २२ जना महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । संक्रमितको विवरण अनुसार कोरोना भाइरस ७२ वटा जिल्लामा पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो पटक ९० जना निको भएर घर फर्किएका छन् । निको भएर घर फर्किनेको संख्या पनि बढ्दै ६७४ पुगेको छ ।
संसदमा प्रधानमन्त्रीले सुनाए ‘भैँसी व्यापारी’को कथा !
२८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संसदमा झण्डै दुई घण्टा लामो सम्बोधन गरे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयका लागि विनियोजित बजेटबारे भएको छलफलमा उठेका प्रश्नको जवाफ दिन रोस्ट्रममा पुगेका प्रधानमन्त्री ओलीको सम्बोधन कोरोना भाइरस (कोभिड-१९) र नेपाल-भारत सीमा विवादमा बढी केन्दि्रत थियो ।
सांसदहरूले पनि प्रधानमन्त्री ओलीको जवाफमा आएको कोरोना सम्बन्धित विषयमा केन्द्रीत भएर प्रतिप्रश्न गरे । पीसीआर टेस्टको सुस्त गति, विश्वसनीयतामाथि प्रश्न उठेको आरडीटीको प्रयोग र क्वारेन्टिन स्थलबारे सरकार आफैँले बनाएको मापदण्ड समेत पूरा हुन नसकेको विषयमा प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका थिए ।
जवाफमा प्रधानमन्त्रीले जवाफ मात्र दिएनन्, चलाख भैँसी व्यापारीको कथासमेत सुनाएका छन् ।
प्रधानमन्त्रीले सुनाएको कथा यस्तो छ :
भैंसी व्यापारीले भैँसी बेच्ने भएछ । किन्ने मान्छे आएपछि सोधेछ, ‘दूध कति दिन्छ भैँसीले ?’ व्यापारीले भनेछ, ‘भैँसी किन्दा खासगरी दूध कति दिन्छ भन्ने मतलब हुँदैन, सिङ हेर्नुपर्छ सिङ । सिङ कस्ता छन् हेर्नुस् न !’ उसले तेल लगाएर सिङ चिल्ला पारेर राखेको रहेछ । अब भैँसीको सिङले के गर्ने ? दिनुपर्ने दूध हो ।
नेपाली कांग्रेस सांसद सञ्जय गौतमले प्रधानमन्त्री ओलीलाई सरकारको कामबाट आफैँ कति सन्तुष्ट हुनुहुन्छ ? भन्ने प्रश्न गरेका थिए । त्यसक्रममा प्रधानमन्त्री ओलीले सरकारले दुई वर्षमा गरेको कामलाई ओझेलमा पार्न अर्को-अर्को कुरा गर्ने गरिएको भन्दै चलाख भैँसी व्यापारीको यो कथा सुनाएका थिए ।
विपक्षी सांसदहरूले भने कोरोना महामारीमा चुकेका प्रधानमन्त्री ओलीले आफूहरूले उठाएको सवालमा चलाख भैँसी व्यापारीले जस्तै जवाफ दिएको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्रीको दाबीमा गगनको करेक्सन
प्रधानमन्त्री ओलीले सरकारले सावधानीका साथ लकडाउनको नीति लिएको र कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा अधिकतम उपलब्धि हासिल गरेको दाबी गरे ।
बाँध फुटेपछि आएको बाढी जस्तो कोरोना विश्वभर फैलिएको भए पनि अन्य देशको तुलनामा नेपालमा संक्रमित हुने र मृत्यु हुनेहरूको संख्या कम भएको बताए । मृत्यु भएका १५ जनामध्ये पनि सबैले कोरोनाकै कारण ज्यान नगुमाएको तर डब्ल्यूएचओको प्रोटोकलका कारण घोषणा गर्नु परेेको उनको तर्क छ ।
क्वारेन्टिनको मापदण्ड कडाइका साथ कार्यान्वयन गर्न सरकार लागेको र कतिपय ठाउँमा अलिक मापदण्ड नपुगेको उनले बताए । भारतबाट वैशाख पहिलो साता मानिसहरू आउन सुरु भएको र जेठमा मात्र दुई लाख बढी आएकाले उनीहरूको व्यवस्थापन गर्न गाह्रो भएको भन्दै प्रधानमन्त्री ओलीले उनले भनेका छन्, ‘यो लापरवाही कारण होइन, परिस्थितिका कारण यस्तो भएको हो ।’
पछिल्लो समय क्वारेन्टिन भद्रगोल हुँदा त्यहीँ संक्रमित हुने गरेको समेत पाइएको छ । तर प्रधानमन्त्री ओलीले नेपालमा भेटिएका संक्रमितमध्ये ८५ प्रतिशत बढी भारतबाट आएकाहरू भएको र उनीहरू क्वारेन्टिनका कारणभन्दा पनि ट्रेनमा कोचिएर आउँदा वा यात्राको क्रममा नै संक्रमित भएको दाबी गरे ।
तर नेपालमा निको हुनेको संख्या राम्रो रहेको उनले बताए । १५ जनाको निधन भएको भए पनि उनीहरू सबै कोरोनाकै कारणले मात्र मृत्यु नभएको उनले बताए । ‘अरू कारणले सिकिस्त भएका, बाँच्नेस्थिति नभएकोमा संक्रमण सरेको हो’ उनले भने । नेपालीहरूमा रोग प्रतिरोधी क्षमता राम्रो भएको र उपचार प्रवन्ध पनि राम्रो भएकाले मृत्यु हुनेको संख्या अरू देशको तुलानामा कम भएको बताए ।
प्रधानमन्त्री ओलीले पहिलो केस भेटिँदा परीक्षणका लागि हङकङ पठाएको तर अहिले नेपालमै दिनमा ४५ सयदेखि पाँच हजार पीसीआर टेस्ट गर्न सक्ने क्षमता बनाएको बताए ।
यसले पनि आवश्यकता सम्बोधन गर्न नसकेको स्वीकार गरे । जेठमा मात्र भारतबाट दुई लाख बढी नागरिक घर फर्किएकाले सबैको पीसीआर गर्न नसकिएको उनले बताए ।
तर प्रधानमन्त्री ओलीले संसदमा पेश गरेको दाबीमा पूर्वस्वास्थ्यमन्त्री थापाले प्रश्न उठाए ।
नेपालमा पहिलो केट भेटिँदा नेपालमा क्षमता नभएर होइन, रिएजेन्ट नभएर पठाएको उनले बताए । सरकारले खरिद गरेको पाँच वटै मेसिन अहिले बिग्रिसकेको भन्दै उनले भने, क्वारेन्टिनबारे आफूले बनाएको मापदण्ड पढ्नुभएको छ ?’
उनले हामीमा रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेर कसले भन्यो ? नेपालमा मृत्यु भएकाहरूको उमेर र संख्याका आधारमा विश्वव्यापी रुपमा मृत्यु भएकाहरू अनुसार दाँजेर हेर्नुभएको छ ? भारतबाट नेपाली नागरिक आउँछन् भन्ने जानकारी राखेर क्वारेन्टिन राख्ने सरकारको काम हो वा अरूको ? भन्ने थापाको प्रश्न छ ।
‘मैले भनेको हुँ, प्रतिरोधी क्षमता बढी छ’
तर, प्रधानमन्त्री ओलीले थापाले रोग प्रतिरोधी क्षमताबारे सोधिएको प्रश्नको मात्र जवाफ दिएका छन् ।
उकाली ओरोली गर्ने, योगाको परम्परा भएको देशका मानिसहरूको इम्युन सिस्टम तगडा छ भन्ने स्वतःसिद्ध भएको उनले बताए । नेपालीको भान्सामा हुने बेसार, नुन, खुर्सानी, जिरा सबै औषधि भएको भन्दै उनले भने, ‘हरेक दिन औषधि खाएका नेपालीहरूको प्रतिरोध क्षमता माथि हुन्छ भन्ने स्वतःसिद्ध छ ।’
प्रधानमन्त्रीको भनाइ यस्तो थियो –
माननीयज्यूले प्रश्न गर्नुभएको छ, नेपालीहरूको रोग प्रतिरोध क्षमता राम्रो छ भनेर कसले भन्यौं भनेर । भर्खरै सुन्नुभयो मैले भनेको । नेपालीको प्रतिरोध क्षमता राम्रो छ भन्नेमा चुनौती कुनै डाक्टर, वैज्ञानिक, शोककर्ताबाट आयो भने स्वीकार गरौंला । तर आधा नेपाली हिमाली भेगतिर स्वच्छ हावा, उकालीओराली हिँडेर पहाडी जनजीवनमा बसेका छन् र स्टामिना बलियो छ । तराईमा बस्नेहरूको पनि हिमालबाट ठोक्किएर …। हामीले थाहा पाउनुपर्छ नेपालको भूगोल । यदि मरुभूमिजन्य ठाउँहरूबाट तातो हावा आयो भने हिमालको नजिक पुग्नुअघि नै चिसिन्छ । कायल भइसक्छ । हिमालसँग ठोक्किँदा बरफ भएर बग्ने स्थिति बन्छ । त्यो स्वच्छ हावामा सास फेरेका नेपालीहरू हुन् । यो देश झार उमि्रयो भने यार्सागुम्बा उमि्रने देश हो । यस देशमा ढुंगाबाट सिलाजित निस्किन्छ, माटो सिमि्रक बन्छ । यो देश जडीबुटीको देश हो, औषधिको देश हो । पानी हिउँबाट हिमालमाथि बसेर अनेक मिनेरल तत्वसँग खेल्दै रसाएको हुन्छ । इभियन बराबर छ ।
आरडीटीबारे के भने ?
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कतिपय विषय प्राविधिक भएकाले यसबारे राजनीतिक रुपमा टुंगो लगाउन नसकिने बताए । उनले भने, ‘आरडीटी -र्यापिड डायनोस्टिक टेस्ट)गर्ने कि नगर्ने मैले होइन, प्राविधिकले भन्ने विषय हो ।’
पूरक प्रश्न गर्ने क्रममा कांग्रेस सांसद राजेन्द्र केसीले आफ्नो क्षेत्रमा आरडीटी पोजेटिभ आएकाहरूलाई पाँच दिनसम्म क्वारेन्टिन गरेको, तर पीसीआर नेगेटिभ आएको भन्दै किन यो प्रयोग भइरहेको छ भन्ने प्रश्न गरेका थिए ।
सो विषयमा प्रधानमन्त्री ओलीले जवाफ दिएनन् ।
यस्तै, राप्रपाका सांसद राजेन्द्र लिङ्देनले केही काम भएको छैन भन्न नमिले पनि प्रधानमन्त्रीले जे बुझेका छन्, त्यो सत्य नभएको भन्दै उनले झापा कचनकवलको घटना सुनाए । उनका अनुसार कचनाकवलका ३३ संक्रमित, जो धरानमा १४ दिन आइसोलेसनमा बसेका थिए, उनीहरूलाई स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार पीसीआर विधिबाट परीक्षण नगरी घर पठाउन खोजिएको थियो । तर, आफूहरूले हुन्न भनेर टेस्ट गराउँदा पाँच जनाको पोजेटिभ आएको छ ।
यस्तै, कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले पनि पीसीआर टेस्ट नै हुन नसक्ने अवस्था आएको बताए । तर प्रधानमन्त्री ओलीले यस्ता प्रश्नको जवाफ दिएनन् ।
अहिले १० अर्बको होइन, कोरोनाको चिन्ता गरौं
प्रधानमन्त्री ओलीले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको दाबी अस्वीकार गरका छन् ।
जेमा पनि अनियमितता देख्ने प्रवृत्ति रहेको भन्दै उनले त्यसमा नबग्न सांसदहरूलाई आग्रह गरे । दिनैपिच्छे लेखापरीक्षण नहुने र अहिले काम गर्ने बेला भएको भन्दै उनले भने, ‘हरहिसाब आफ्नो प्रक्रियाबाट आउँछ । महालेखाको प्रतिवेदन आउँछ, त्यसमा रुजुबेरुजु आउँछ । आन्तरिक लेखा परीक्षण भइरहेको हुन्छ, त्यो पनि आउँछ । अहिले हिसाबको चिन्ता नगरौं, केाभिड १९ को चिन्ता गरौं ।’
उनले अघि भने, भएको हुनै सक्दैन भनेर दाबी गर्दिनँ । भएकै छ भनेर सोच्नुपर्ने स्थिति पनि देख्दिनँ ।’
महामारीको समयमा पनि पनि कसैले भ्रष्टाचार गर्छ भने कुनै हालतमा सहृय नहुने भन्दै उनले छानबिन गरेर दोषी पाइएकाहरूलाई कारबाही गर्ने बताए । तर अहिले काम गरिएको स्थानीय र प्रदेश सरकारलाई शंका गर्न नहुने भन्दै प्रधानन्त्री ओलीले भने, ‘भ्रष्टाचार गर्न पर्खिएर बसेका थिए, अलिकति रकम पाउन साथ अनियमिता गरे भनेर आशंका गर्नुपर्ने स्थिति होइन ।’
पूरक प्रश्नको जवाफ दिने क्रममा पनि प्रधानमन्त्री ओलीले खरिद नगर्दा भएन भन्ने र खरिद गर्नासाथ भ्रष्टाचार देख्ने गरेको गुनासो गरे । सेनालाई औषधि खरिदमा संलग्न गरेको भनेर भएको विरोधको पनि उनले प्रतिरोध गरेका छन् ।
स्थानीय सरकारको प्रशंसा
लगभग साउन अन्तिमतिर कोरोना संक्रमण पिकमा पुग्ने र त्यसपछि कम हुँदै गएर कात्तिकमा समाप्त हुन सक्ने विश्लेषण भइरहेको प्रधानमन्त्री ओलीले सुनाए । चाडवाडमा मानिसहरू आउँदा फेरि संक्रमण आउन सक्ने उनले बताए ।
प्रधानमन्त्री ओलीले स्थानीय सरसकारको प्रशंसा गरे । बजेट र खर्चको सीमा रहेको तर आवश्यकता असीमित भएको बेला पनि उनीहरूले काम गरेको ओलीले बताए । ‘कसरी धान्नु भएको होला, हामी अनुमान गर्न सक्छौं’ उनले भने ।
५/७ हजार मानिस आउने र उनीहरूलाई घर पठाउँदा संक्रमण समुदायमा सर्ने र क्वारेन्टिनमा राख्न समस्या भएको बेला पनि स्थानीय जनप्रतिनिधिले फिल्डमा काम गरेको उनले बताए । प्रधानमन्त्री ओलीले भने, ‘म उहाँहरूको प्रशंसा गर्न चाहन्छु र उहाँहरूको भावनामा चोट पर्नेगरी शब्दावली प्रयोग गर्नुहुन्न । प्रदेश सरकारमाथि पनि अन्यथा सोच्नुपर्ने जस्तो लाग्दैन ।’
सरिता गिरी कारबाही ...
८ जेठ, काठमाडौं । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई व्यक्तिगत रुपमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ ।
बुधबार पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले विज्ञप्ति जारी गर्दै गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका हुन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालकी सांसद सरिता गिरीले लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक खारेजको माग गर्दै संशोधन दर्ता गराएपछि पार्टीले उनलाई सो संशाेधन फिर्ता लिन निर्देशन दिएको छ ।
पार्टीले सो प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने चेतावनी समेत दिएको छ ।बुधबार संसदमा रहेको संविधान संशोधन प्रस्तावलाई खारेज गर्न माग गर्दै अर्काे संशोधन प्रस्ताव संसदमा दर्ता गराएकी थिइन् । उनको सो प्रस्तावको तीव्र विरोध भइरहेको बेलामा पार्टीले भने यस्तो चेतावनी दिएको हो ।
मंगलबार मात्रै संविधान संशोधनसम्बन्धी विषयमा सबै दलले सैद्धान्तिक सहमती जनाएका थिए । तर गिरीले भने एकल रुपमा संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भएपनि संसदीय दलको एकीकरण नभएको कारण उनलाई समाजवादी पार्टीको तर्फबाट निर्देशन दिइएको हो । उनले आज विधेयक दर्ता गराएसँगै चौतर्फी आलोचना भएपछि पार्टीको संसदीय दलबाट उनलाई सो निर्देशन दिइएको हो ।
उनले नेपालको संविधानको दोस्रो संशोधनमा संसदीय दलका निर्देशन विना नै संशोधन हालेको हुँदा सो संशोधन तुरुन्त फिर्ता लिनका लागि पार्टीले निर्देशन दिएको हो । संशोधन फिर्ता नलिए पार्टीले कारवाही गर्न बाध्य हुने पत्र पठाएको संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले बताए ।
सांसद गिरीले आज संसद सचिवालयमा दर्ता गराएको विधेयकमाथिको संशोधनको सूचनामा स्रोत र प्रमाण नखुलेको भन्दै विधेयकको दफा २ हटाउन माग गरेकी छिन् ।
दफा २ मा नेपालको नयाँ नक्सा बमोजिमको अनुसूची संशोधन गर्ने गरी संविधान संशोधनका लागि सरकारले विधेयक प्रस्तुत गरोको थियो ।
अहिले १० अर्बको होइन, कोरोनाको चिन्ता गरौं : प्रधानमन्त्री
२८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले कोरोना नियन्त्रण तथा उपचारमा खर्च भएको १० अर्ब रुपैयाँको हिसाब खोज्ने बेला नभएको बताएका छन् । जेमा पनि अनियमितता देख्ने प्रवृत्ति रहेको भन्दै उनले त्यसमा नबग्न सांसदहरुलाई आग्रह गरे ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानन्त्री ओलीले भने, ‘आफ्नो एउटा प्रणाली छ । केन्द्रले प्रदेश र स्थानीय तहमा रकम पठाउँछ । अनि दिनैपिच्छे लेखा परीक्षण हुँदैन । अहिले सबै काममा बढी केन्द्रित भएका छन् ।’
उनले अघि भने, ‘अहिले १० अर्बको हिसाब खोज्ने होइन, कोरोनाविरुद्ध केन्द्रित हुने बेला हो ।’
यदि कतिकतै अनियमितता भएको भए छानबिन गर्ने र दोषी पाइए कारबाही प्रधानमन्त्री ओलीले गर्ने बताए । उनले अहिले काम गरिएकोहरुलाई शंका गर्नु उपयुक्त नहुने पनि जिकिर गरे । प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचार गर्न पर्खिएर बसेका थिए, अलिकति रकम पाउनासाथ अनियमितता गरे भनेर आशंका गर्नुपर्ने स्थिति होइन ।’
अहिले १० अर्बको होइन, कोरोनाको चिन्ता गरौं : प्रधानमन्त्री
२८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले कोरोना नियन्त्रण तथा उपचारमा खर्च भएको १० अर्ब रुपैयाँको हिसाब खोज्ने बेला नभएको बताएका छन् । जेमा पनि अनियमितता देख्ने प्रवृत्ति रहेको भन्दै उनले त्यसमा नबग्न सांसदहरुलाई आग्रह गरे ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानन्त्री ओलीले भने, ‘आफ्नो एउटा प्रणाली छ । केन्द्रले प्रदेश र स्थानीय तहमा रकम पठाउँछ । अनि दिनैपिच्छे लेखा परीक्षण हुँदैन । अहिले सबै काममा बढी केन्द्रित भएका छन् ।’
उनले अघि भने, ‘अहिले १० अर्बको हिसाब खोज्ने होइन,
कर्णाली टिपर दुर्घटना : जनाको मृत्यु, बेपत्ता
२८ जेठ, काठमाडौं । सीमा क्षेत्रबाट उद्धार गरिएका नेपालीहरुलाई क्वारेन्टिन स्थलमा लिएर जाँदै गरेको टिपर कालिकोटको राजकोट नगरपालिकामा दुर्घटना भएको छ ।
टिपरमा करिब ३८–३९ जना सवार रहेको र उनीहरुको अवस्थाबारे बुझ्दै गरेको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले जानकारी दिए ।
कालिकोटमा बुधबार बिहान टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
जिल्लाको लालिघाट बजारमा आज बिहान ९:३० बजे टिप्पर दुर्घटना भएको हो । सो टिपरले रास्कोट नगरपालिकाका नागरिक बोकेर रास्कोट जादैगरेको खुल्न आएको छ ।सीमा क्षेत्र र रामेछापबाट भित्रिएकाहरुलाई जिल्लाकै होल्डिङ सेन्टरमा राखेर त्यहाँबाट क्वारेन्टिनमा राख्न लैजाँदै गर्दा टिपर दुर्घटना भएको रास्कोट नगरपालिका उपप्रमुख मिमसरा बमले बताउनु भएकोछ ।
#टिपर दुर्घटना
कैलालीमा तीन किशोरी बलात्कार गरे - को को हुन् बलात्कारी
२८ जेठ, कैलाली । कैलालीमा ३ जना किशोरी बलात्कार गरेको आरोपमा चार जना युवक पक्राउ परेका छन् ।
"बलात्कारले नेपालि समाजमा गहिरो जरो गाडेको छ । चेतनाको कमीले होइन यो हुने, यो त बुझेर पनि बुझ पचाउने हरु हुन्। एस्तो गहिरो जाडो निकाल्न अझै पनि हाम्रो समाज पछि परेको छ। जब सम्म येस्ता काल यो देश मा छन् तब सम्म यो देश अगाडी को बाटो लाग्दैन। एसका लागि हामीले आफुले आफुलाई बुझ्न जरुरि छ। "
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले दिएको जानकारीअनुसार जिल्लाको टीकापुर नगरपालिकाका १८ वर्षीय सन्दीप ठकुल्ला, २१ वर्षीय दीपक बुढा, १९ वर्षीय डम्बर ठकुल्ला र २० वर्षीय दीपक ठकुल्ला पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
मंगलबार बिहान टीकापुर नगरपालिका वडा नम्वर १ स्थित रानी कुलो किनारमा तीन जना किशोरीहरूमाथि जबरजस्ती करणी गरी फरार भएका उनीहरूलाई इलाका प्रहरी कार्यालय टिकापुरले पक्राउ गरेको बिष्टले जानकारी दिए ।
उनीहरूविरुद्ध कैलाली जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । बिष्टले बलात्कारमा संलग्न अन्य व्यक्तिहरू फरार भएको र उनीहरूको खोजी भइरहेको पनि बताए।
अर्काको चेलीबेटी मा आखा लाउने निच हरुलाई सानो तिनो सापक ले हुदैन। येस्ता पापी, अर्काको जिन्दगि संग कहल्वाद गर्ने हरुलाई कडा भन्दा कडा सजाए दिनु जरुरि छ। अब पनि समाचार सुन्दै र बस्दै ले पुग्दैन। माथि उठेर सोचौ।
















